शेयर बजारमा दोस्रो दिन पनि उच्च अंकको गिरावट, कारोबार भने उत्साहप्रद

११ आश्विन २०७८, सोमबार १५:०७

काठमाडौं । नेपालको पुँजि बजारमा साताको दोस्रो दिनमा पनि उच्च अंकले गिरावट आएको छ । नेप्सेमा सोमबार समग्र मूल्य परिसूचक ७३.०३ अंकले घटेर २६८५.४३ कायम भएको छ । शेयर मूल्य घटेपनि कारोबार भने उच्च अंकले भएको छ । सोमबार पाँच अर्बभन्दा बढिको कारोबार भएको छ ।

३२०० को बिन्दुमा पुगेको नेप्से शेयर बजारका माफियाहरुले घटाएका हुन् । सोमबार कूल एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार सर्वाधिक ४.५३ प्रतिशतले घटेको छ । त्यस्तै निर्जिवन बीमा कम्पनीहरुको मूल्य परिसूचक ३.६२ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक उपसमुह ३.८१ प्रतिशतले गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*