सनराइज बैंकले दियो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ

११ आश्विन २०७८, सोमबार १२:००

काठमाडौं । सनराइज बैंक लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले आफ्नो खातावालाको मृत्युपछि दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हकवालालाई हस्तान्तरण गरेको हो ।

दुर्घटनाबाट मृत्यु भएका कृष्णहरी कार्कीको श्रीमति कविता पौडेलाई बैंकले ५ लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम प्रदान गरेको हो । उक्त बीमा वापतको चेक बैंकका हेटौंडा शाखाका प्रमुख सुदर्शन खतिवडाले हस्तान्तरण गरेको हो ।

बैंकको बचत खातामा बीमाको सुविधा योजनाअन्तर्गत बचत खाता खोल्ने सेवाग्राहीको दुर्घटनाबाट मृत्यु भएको खण्डमा वा अपाङ्गता भएको खण्डमा बढीमा ५ लाख वा दुर्घटना भएको अवस्थामा खातावाला अर्थात बचतकर्ताको खातामा जम्मा भएको रकमको चारगुणासम्म रकम प्रदान गर्ने सुविधा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*