आइएमई लाइफद्धारा ५ लाख २६ हजार बीमा दाबी भुक्तानी

११ आश्विन २०७८, सोमबार ११:४८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको २० लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कोहलपुर ५ का ३४ वर्षीय बीमित लक्ष्मणकुमार थापाकी श्रीमति हिमा न्यौपानेलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

बीमित न्यौपानेले बीमा गरेको वर्ष दिन नपुग्दै उनको गत बैशाख २२ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । एक समारोहका बीच कम्पनीको कोहलपुर शाखाले बीमितको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*