गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?
११ आश्विन २०७८, सोमबार १०:४७
काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।लघुवित्तको आईतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँको १६ दशमलव ९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश गरी कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।