विराटनगर पुगेको बुद्ध एयरको जहाजमा गम्भिर समस्या, त्रिभुवन विमानस्थलमा आपतलिन अवस्था घोषणा

११ आश्विन २०७८, सोमबार १०:२४

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा गम्भिर समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । सबै उडान तथा अवतरणहरु रोकिएको छ । विराटनगर विमानस्थलमा अवतरण गर्नुपर्ने बुद्ध एयरको उडान नं ७०१ नम्वरको उडानमा रहेको ९एनएएनआईको जहाजमा ल्याण्डिङ गियरमा समस्या आएको थियो ।

विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि उक्त जहाज काठमाडौं डाईभर्ट गरिएको हो । काठमाडौं फर्केको जहाजका पाइलट केही अत्तालिएपछि अवस्था झनै तनावपूर्ण बनेको बताइन्छ । पाइलट अत्तालिएर लो फ्लाइडमा धावनमार्गमाथिकै आकाशमा जहाज उडाइरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजकुमार क्षेत्रीले बुद्ध एयरको उक्त जहाजलाई सुक्ष्म निगरानी गरिएको र ल्याण्डिङ गिएरको समस्या हल भएकोले केहीबेरपछि अवतरण गराइने बताए ।

हवाई सुरक्षा बीमा क्षेत्रका लागि निकै महत्वपूर्ण हुन्छ । साथै हवाई बीमा निकै महंगो बीमा भित्र पर्दछ ।

 

अपडेटः

ल्याण्डिङ गिएर कोल्याप्स भई समस्याग्रस्त बनेको बुद्ध एयरको 9N ANI कन साईन भएको जहाज केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्गमा सकुशल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बुद्ध एयरको जहाजमा समस्या आएका कारण बन्द गरिएको विभानस्थल खुलिसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*