एनआरएनको अध्यक्ष पदमा कूल आचार्यद्वारा उम्मेदवारी घोषणा, महासचिवमा डा. पौडेलको दावी

१० आश्विन २०७८, आईतवार २३:३६

काठमाडौं । नेपाल बाहिर बसोबार गर्ने नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि आगामी महिना हुने निर्वाचनमा बेलायतमा बसोबास गर्दै आएका पर्वतका कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

आचार्यले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । आगामी दुई वर्षको कार्यकालको लागि आगामी दशैं लगत्तै एनआरएनको निर्वाचन हुँदैछ । गैर आवासिय नेपाली संघको १० औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै आचार्यले आगामी दुई वर्षको कार्यकाल नेपाल र नेपालीहरुको लागि निकै महत्वपूर्ण रहने भएकोले योजनाबद्ध काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा संघमा पञ्जीकृत सदस्यको संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा एक सय पु¥याउने घोषणा गरेका छन् ।

एनआरएनको संस्थापक सदस्य रहेका आचार्यको पक्षमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने लगायतले समर्थन गरेको बताइन्छ । यद्यपि औपचारिक रुपमा केही कुरा सार्वजनिक भएको छैन ।

आजै आयोजित कार्यक्रममा कूल आचार्य प्यानलबाट एनआरएनको महासचिव पदमा अमेरिकामा बसोबास गर्दै आएका डा. केशव पौडेलको उम्मेदवारी घोषणा गरिएको छ । महासचिवका उम्मेदवार पौडेलले एनआरएनलाई अझै पारदर्शी, र परियोजना बनाएर काम गरी जनतालाई राहत दिने बताए ।

यस पटक कोरोना भाइरसको कारण एनआरएनको निर्वाचनमा अनलाइनका माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी भइरहेको एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*