आइएमईले दशैंंमा डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताका दुई विजेता घोषणा

१० आश्विन २०७८, आईतवार १७:३६

काठमाडौं । आइएमईले चाडपर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता भएका छन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरेको हो ।

दुई विजेताले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५ सय ७ रुपैयाँ ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए ।
अफरअनुसार आइएमइले दुई विजेताको वा निजको सिफारिसमा उनीहरुरूको आफन्तलाई लाई क्रमशः ८३ हजार १४ रुपैयाँ ९६ हजार ४० रुपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*