सानिमा बैंकले ल्यायो ‘दशैं धमाका’ योजना, दराजमा क्रेडिट कार्ड प्रयोग गरी २५ सय सम्मको छुट

१० आश्विन २०७८, आईतवार १६:४७

काठमाडौं । सानिमा बैंकले दशैलाई लक्षित गर्दै आपफ्ना ग्राहकहरुका लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई सरल र सहज रुपमा सुविधा दिनका लागि अनलाईन सपिङ पोर्टल दराजसंगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा बिशेष छुट दिने भएको हो ।

बैंकका ग्राहकहरुले उक्त योजना अन्तर्गत डेबिट कार्डको प्रयोग गरी दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत (२ हजार) सम्मको छुट र क्रेडिट कार्डको प्रयोग गरि भुक्तानी गर्दा २० प्रतिशत (२५ सय) सम्मको छुट प्राप्त गर्ने सक्नेछन् ।

यस्तै बैंकका क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिदा ५ सय क्यासब्याक पनि बैंकले प्रदान गर्दै आएको छ । क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा समेत प्राप्त गर्ने सकिने बैंकले जनाएको छ ।

यो योजना यही असोज १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू हुने बैंकले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*