अपर तामाकोशीको वार्षिक साधारण सभा असोज १९ गते, यस्ता छन् एजेण्डा

१० आश्विन २०७८, आईतवार १६:३२

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीको संचालक समितको भदौ १७ मा बसेको बैठकले सभा असोज १९ गते नेपाल विद्युत प्राधिकरण, दरबारमार्गमा भर्चुअल माध्यममार्फत बिहान ११ः३० बजे गर्ने निर्णय गरेको हो ।

सभाले आयोजना प्रभावित दोलखा जिल्लाका सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई दिएको सहयोग रकम अनुमोदन गर्ने प्रस्तावित पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७५।०७६ र २०७६।७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज ४ गते नै बुकक्लोज गरिसकेको छ । जसअुनसार बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज ३ गतेसम्म कायम शेयरधनीले सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*