साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१० आश्विन २०७८, आईतवार १५:१६

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सुचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६१ दशमलव २७ अकंले घट्दा साढे ६ अर्ब माथिको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । साथै मैलुुङ खोला जलविद्युतको ६.०३ प्रतिशत अकं, सिटिजन म्युचुअल फण्डको ३.४० प्रतिशत अकं, सनराइज फस्र्ट म्युचुअल फण्डको २.३१ प्रतिशत अकं र कामना सेवा विकास बैंकको १.९२ प्रतिशत अकंले बढेको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा आईसीएफसी फाइनान्सको ८.९८ प्रतिशत अकं, घलेम्दी हाईड्रोको ७.९६ प्रतिशत अकं, मल्टिपर्पोस फाइनान्सको ७.६६ प्रतिशत अकं, बेस्ट फाइनान्सको ७.६० प्रतिशत अकं र माउन्टेन हाईड्रो नेपालको ७.३७ प्रतिशत अकंले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*