अरुण भ्यालीसहित आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

१० आश्विन २०७८, आईतवार १५:१०

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक ६१ अंकले घट्दा आज कारोबार समेत खुम्चिएको छ । नेप्से सो अंकले घट्दा आज सर्वाधिक खरिदबिक्री हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ३३ करोड ९५ लाख ७३ हजार ६५५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ३१ करोड ८८ लाख, नेपाल बैंकको २१ करोड ३४ लाख, कामना सेवा विकास बैंकको २० करोड ५८ लाख र नेशनल हाइड्रोपावरको १७ करोड ८३ लाख भन्दा माथिको कारोबा भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*