मेगा बैंकको २०० औं शाखा दाङको लमहीमा

१० आश्विन २०७८, आईतवार १२:३२

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले दाङ जिल्लाको लमहीमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।

लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसंगै बैंकको शाखा संख्या २०० पुगेको छ ।

यसै आर्थिक बर्षमा बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरिसकेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*