सुनको मूल्य स्थिर रहँदा चाँदी १० रुपैयाँले घट्यो

१० आश्विन २०७८, आईतवार ११:५७

काठमाडौं । नेपाली बजारमा आज सुुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनकोे मूल्य प्रतितोला ८९ हजार र तेजावि सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ रहेकोमा आज साताको पहिलो दिन पनि सोहि मूल्यमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*