साहज उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । साहज उर्जा लिमिटेडको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि आइपीओ ब्रिकी खुल्ला गरेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात २ करोड १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाकी रहेको ६४ लाख ४० हजार कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आाईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त शेयरमा आज (असोज १०) गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेबसाइट वा एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएस एस क्यापिटल लिमिटेड रहेको छ ।