बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य १४४८ रुपैयाँ पुग्यो

१० आश्विन २०७८, आईतवार ११:४१

काठमाडौं । साताको पहिलो दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब आधा घण्टाको समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढेर शेयरमूल्य १४४८ रुपैयाँ ९० पैसा पुगेको छ । कम्पनीको खरिद माग बढेकाले शेयरमूल्य निरन्तर सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*