भोलिदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ निष्काशन हुने

१० आश्विन २०७८, आईतवार ११:३१

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावले भोलिदेखि (असोज ११ गते) सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सोमबार देखि ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले कुल कित्ता मध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि र ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासनमा ल्याउन लागेको हो । उक्त शेयर खरिका लागि लगानीकर्ताले न्यूूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

यो शेयर छिटोमा असोज १४ गतेसम्म र सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने असोज २५ गतेसम्म बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिन मेरो शेयर, बिक्री प्रबन्धक, सी आस्बा लगायत बैंकका सम्पूर्ण शाखा कार्यालयबाट दिन सकिने छ ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*