एनसीसी बैंकको १४ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१० आश्विन २०७८, आईतवार ११:१९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख १४ हजार ३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बागबजार काठमाडौं स्थित शेयर शाखामा आवश्यक काजगात सहित आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

शेयरधनीहरुको नाम र बिक्री संख्या ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*