एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन

१० आश्विन २०७८, आईतवार ११:१५

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० शेयर बराबर नयाँ ३ शेयर (१०ः३) को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो ।

बैंकले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । बैंकले हकप्रद निष्काशन प्रयोजनका लागि असोज १ गते बुकक्लोज गरेको थियो । जसअनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवदेन दिन पाउनेछन् ।

उक्त हकप्रदमा असोज २५ गतेदेखि कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर विरगंज, ट्राफिक चोक बुटवल र गोल्छाचोक विराटनगरबाट दरखास्त दिन सक्नेछन् ।

साथै एक्सेल बैंक लिमिटेडको रजिष्टार्ड कार्यालय मुक्तिचोक, विर्तामोड झापा तथा बैंकको सम्पूर्ण शाखा कार्यालय र नेपाल धितोपत्र बोडबाट इजाजत प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*