श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे १३ ओैं राष्ट्रिय महाधिवेशन सुरू

९ आश्विन २०७८, शनिबार १४:०९

काठमाडाैं । श्रीकृष्ण प्रणामी युवा परिषदकाे १३ ओैं महाधिवेशन आज शनिबारबाट काठमाडाैंमा सुरू भएकाे छ । श्री कृष्ण प्रणामी सेवा समिति नेपालकाे भातृ संस्था युवा परिषदकाे १३ अाैं महाधिवेशनबाट नयाँ कार्य समिति चयन हुने परिषदले जनाएकाे छ । आज असाेज ९ गतेबाट सुरू भएकाे राष्ट्रिय महाधिवेशन भाेलि समापन हुनेछ । युवा परिषद नेपालकाे १३ अाै राष्ट्रिय महाधिवेशनकाे उद्घाटन सत्र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगा प्रसाद उप्रेतीकाे प्रमुख आतिथ्यमा सुरू भएकाे हाे । उद्घाघाटन कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका महासचिव भाेला दाहाल, विमलचन्द्र दाहाल, विष्णु चाैलागाई, आङफुटी शेर्पा, कृष्ण सुवेदी, बिनाेद शर्मा, शारदा शर्मा, श्याम केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका अध्यक्ष नवराज ढकालकाे सभापतित्वमा आयाेजित कार्यक्रममा देशैभरिबाट सयाैं प्रतिनिधिकाे उपस्थिति रहेकाे छ। युवा परिषद नेपालले काेराेना कहरकाे समयमा जनताकाे सेवामा समर्पित दर्जनबढि डाक्टरहरूलाई सम्मान गरिएकाे छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*