आरटीजीएस प्रणाली आज १२ बजेसम्म सञ्चालन हुने

९ आश्विन २०७८, शनिबार ०७:१५

काठमाडौं । आज पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने भएको छ।

केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*