नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव सम्पन्न, दीर्घ सेवा पदकमा १३ जना सम्मानित

८ आश्विन २०७८, शुक्रबार १९:०७

काठमाडौं । नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । कम्पनीले आजबाट ७५ औँ बर्षमा प्रवेश गरेको छ।
७४ औँ वार्षिकोत्सवमा कम्पनीको प्रधान कार्यालयमा विविध कार्यक्रम गरि मनाएको छ । कम्पनीको ७५ औं जन्मजयन्ती (हिरक जयन्ती) संचालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै पोखरेलले नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखेको बताए ।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७४ औँ वर्ष पार गरि ७५ औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दैे यस अवसरमा कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पुर्याउने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका १३ जना कर्मचारीहरुलाई दिर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका २ जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रम संचालन मुख्य प्रबन्धक चन्द्र नाथ उप्रेतीले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*