नबिल बैंक र गल्छी गाउँपालिकाबीच कर्जासम्बन्धी सम्झौता

८ आश्विन २०७८, शुक्रबार १८:२४

काठमाडौं । नबिल बैंकले गल्छी गाउँपालिका धादिङमा साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको दिगो बैंकिङ विकासका लागि बैंकसँग समझदारी भएको हो ।

उक्त सम्झौतापत्रमा गल्छी गाउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ र बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले हस्ताक्षर गरेका हुुन । सम्झौता पश्चात गाउँपालिकाले संचालन गर्ने उद्यम सम्बन्धी कार्यक्रम अन्तर्गत उद्यम गर्ने चाहने उद्यमिलार्ई स्थानीय तहको सिफारीसमा बैंकले कर्जा प्रदान गर्नेछ ।

उक्त सम्झौतासँगै उद्यम गर्ने चाहने उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै थप उर्जा बढ्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*