माछापुच्छ्रे बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा २१ प्रतिशत ब्यास ब्याक अफर

८ आश्विन २०७८, शुक्रबार १७:०२

काठमाडौं । माछापुुच्छ«े बैंकले २१ औं बार्षिकोत्सवको अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको अफर ल्याएको हो ।

उक्त अफर अन्तर्गत बैंकका ग्राहकहरुले डेबिड वा क्रेडिट कार्डबाट पिओएस वा ईकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम २ हजार १ सय रुपैयाँसम्म क्यास ब्याक पाउन सक्नेछन् ।

साथै, उक्त क्यास ब्याज अन्तर्गत ग्राहकहरुले अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुुटरको तर्फबाट हेल्मेट, ज्याकेट र विभिन्न होटेलमा कुुपनहरु उपहारहरु रहेका छन् ।

त्यस्तै, सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीका तर्फबाट हरेक दिन ५ हजार रुपैयाँसम्मको गिफ्ट भौचर पनि जित्न सकिने छ । यो अफर आजदेखी (असोज ८ गते) असोज १७ गतेसम्म लागू हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*