नेप्सेद्धारा सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह, समयमै नबुझाए जरिवाना र सूचीकरण स्थगन हुने

८ आश्विन २०७८, शुक्रबार १५:२९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले यस आर्थिक वर्षको धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) भएको व्यवस्था अनुसार आर्थिक वर्ष २०७८।०७९ को धितोपत्रको बार्षिक नविकरण शुल्क बुझाउन नेप्सेले अनुरोध गरेको हो ।

साथै सूचीकृत कम्पनीहरुले असोज मसान्तसम्म उक्त वार्षिक नवीकरण शुल्क समयमै बुझाउनुपर्नेछ । तोकिएको समयभित्र नविकरण शुल्क नबुझाएको खण्डमा शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण स्थगन गर्न सकिने नेप्सेले जनाएको छ ।

 

कम्पनीलाई लाग्ने शुल्क विवरण ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*