रक्तदान कार्यक्रमको साथमा मिर्मिरे लघुवित्तले मनायो एघारौं वार्षिक उत्सव

८ आश्विन २०७८, शुक्रबार १३:५९

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले रक्तदान कार्यक्रमको साथमा एघारौं वार्षिकउत्सव मनाएको हो ।

संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरी सम्पूर्ण सरोकारी निकाय, नीयमन निकाय, शेयरधनीहरु, संस्थामा आबद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्दयवाद ज्ञापन तथा शुभकामना व्यक्त गर्दै वार्षिक उत्सव सम्पन्न गरेको हो ।

सो शुभकामना कार्यक्रम पश्चात नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा नै रक्तदान कार्यक्रमको आयोजना गरी स्थानीय व्यक्ति, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा संस्थाकै कर्मचारीरुले रक्तदान गरेका थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संघ–संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पूर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरे लघुवित्तले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भएपनि सहज भएको बताइन् ।

साथै सोही कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक तथा संस्थाका योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरु तथा सहयोगी सबैलाई धन्यवादको साथमा सामाजिक कार्यक्रमहरु नियमित रुपमा संचालन हुँदै जाने बताए । उक्त कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष बोहरा सँगै स्वतन्त्त संचालक प्रविण भट्टराईको उपस्थिति रहेको थियो । साथै संस्थाका सहायक प्रमुख कार्यकारी विर्खबहादुर बोहराका अनुसार सोही दिन साँझ संस्थाका १४९ वटा शाखा कार्यालहरुमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*