एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त

८ आश्विन २०७८, शुक्रबार १२:५४

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । कम्पनीेले नेप्सेमार्फत जानकारी गराएको सूचना सिइओमा खालिङलाई नियुक्त गरेको जनाएको हो ।

३३ बर्षको कार्यअनुभव भएका खालिङ यसभन्दा पहिला सिटिजन्स बैंक, लक्ष्मी बैंक र स्ट्यान्डर्ड चार्टड बैंकमा कार्यरत रहेका थिए । बैंकको स्थापना कालदेखि नै भारतीय नागरिकलाई उक्त पदको जिम्मा दिदै आएकोमा यो पटक नेपाली नागरिक खालिङ नियुक्त भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*