प्यूठानको विजुवारमा कृषि विकास बैंककोे नयाँ शाखा विस्तार

८ आश्विन २०७८, शुक्रबार १२:१५

काठमाडौं । कृषि विकास बैंकले आफ्नो थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्यूठान जिल्लाको विजुवारमा नँया शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिबाट संयुक्त रुपमा गरिएको हो । बिस्तार गरिएको शाखा कार्यलयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुुविधा दिइने बैंकले जनाएको छ ।

आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्नमा उपाध्यायले जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*