उत्कृष सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश

८ आश्विन २०७८, शुक्रबार ११:५७

कााठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज (असोज ८) गतेदेखि पाँचौ वर्षको यात्रा तय गरेको हो ।

मिति २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको उक्त कम्पनीले आजबाट चौथो वर्ष सफलताका साथ पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले चार वर्षको अवधिमा गरेका मुख्य उपलब्धीहरु सार्वजनिक गरी पाँचौ वर्षमा कम्पनीलाई अझ सक्षम बनाउने र उत्कृष सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले सो अवसरमा चार वर्षको यात्रासम्म निरन्तर साथ दिने सम्पूर्ण शेयरधनि, कर्तब्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्ने कर्मचारीहरु, कम्पनीको मेरुदण्डको रुपमा रहेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु, वित्तिय संस्था तथा संस्थागत अभिकर्ताहरुलाई धन्यवाद तथा अभार प्रकट गरेको छ ।

साथै कम्पनीप्रति विश्वास प्रकट गरि कम्पनीको बीमालेख लिई सेवा गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण बीमितहरु, कम्पनीको प्रचार प्रसारमा सहयोग गर्ने संचार क्षेत्र र कम्पनीलाई सधैं दिशानिर्देश गरि सहयोग पुर्याउने बीमा समिति लगायत अन्य नियामक निकायहरु प्रति कम्पनीले आभार ब्यक्त गरेको छ ।

चार वर्षको अवधिमा कम्पनीले गरेका मुख्य उपलब्धीहरुः
• ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजालबाट सेवा प्रवाह ।
•  सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख सम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी ।
•  विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी ।
•  कुल रु.७ अर्ब लगानी ।
•  आर्थिक वर्ष २०७७/७८ मा रु. ३.१० अर्ब कुल बीमा शुल्क सहित हाल सम्म रु. ६.९० अर्ब कुल बीमा शुल्क आर्जन ।
• १० हजार भन्दा बढी सक्रिय अभिकर्ता ।
•  ९० हजार भन्दा बढी बीमित ।
•  सर्वसाधारणलाइ रु.६६ करोडको शेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम ।
•  रु. ४ अर्बको जीबन बीमा कोष कायम ।
•  ISO 9001:2015  गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त ।
• संचालनको पहिलो वर्षदेखि नै मुनाफा आर्जन गर्न सफल ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*