कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश वितरण गर्ने

८ आश्विन २०७८, शुक्रबार १०:५४

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा हालको चुक्तापूँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।

कम्पनीको असोज ७ गते साँझ ६ बजे बसेको संचलक समितिको ३१५ औं बैठकले गत आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य मुनाफाबाट हालको चुक्तापूँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१ को १८.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी कुल १९.४७ प्रतिशत (कर समेत) लाभांश वितरण गर्न पारित गरिसकेको छ ।

संचालक समितिबाट सो प्रतिशत लाभांश पारित गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक र साभारणसभामा प्रस्तावन पेश गरी पारित भएपछि शेयरधनीहरुलाई बाँडफाँड गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*