युनियन लाइफ इन्स्योरेन्सद्वारा १० लाख रुपैयाँ हस्तान्तरण

८ आश्विन २०७८, शुक्रबार ०७:०७

काठमाडौं । घातक रोगबाट पीडित बनेका सुशिल कुमार यादवलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीका सिईओ मनोज कुमार लाल कर्णले सो रकम बराबरको चेक हिजो हस्तान्तरण गरेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोग सुविधा समेत लिएका यादवलाई घातक रोग लागि उपचार गराएका थिए । सो बापतको रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका डेपुटी सिईओ कपिल कुमार दाहाल तथा नायब महाप्रबन्धक माधव प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।

बीमित सुशिल कुुमार यादवले घातक रोगको उपचार बापतको दावी भुक्तानीले आफूले पाएको पुनर्जिवनमा युनियन लाइफको साथ पाएकोमा खुशी लागेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*