साहस उर्जाको आईपिओमा १३ लाख बढिको आवेदन, आईतबारसम्म आवेदन दिन पाइने

८ आश्विन २०७८, शुक्रबार ०६:४९

काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा १३ लाखभन्दा बढिले आवेदन दिएका छन् । कूल ७० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा दुई दिनमा नै माग भन्दा तेब्बरभन्दा बढि आवेदन परेको हो ।

बिहिवार साँझसम्म १२ लाख ८१ हजारले आवेदन दिएकोमा सो संख्या आज विहानसम्म आउँदा १३ लाख नाघिसकेको छ । जम्मा ७० करोड रुपैयाँको ७० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा बिहिवार साँझसम्ममा एक अर्ब ८७ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदको लागि आवेदन परिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणलाई वितरण गरिने जनाएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिने व्यवस्था गरिएको एनआईबिएल एस क्यापिटलले जनाएको छ । उक्त आईपिओमा मेरो शेयर, एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ्क एप्स तथा सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा सिधैं गएर भर्न सकिनेछ ।

गत बुधबारदेखि खुल्ला गरिएको उक्त आईपिओ आगामी आइतबारसम्म भर्र्न पाइनेछ । आईतबारसम्ममा २३ लाखले आवेदन दिने अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*