ज्योति लाइफले दियो बीमितको परिवारलाई ५४ लाख ५८ हजार रुपैयाँ

७ आश्विन २०७८, बिहीबार १६:५१

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको निधन पश्चात उनको परिवारलाई बीमा रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रम आयोजना गर्दै बीमितको परिवारलाई ५४ लाख ५८ हजार ३३३ रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त रकम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, इन्स्योरेन्सका क्षेत्रीय प्रमुख मोहन पुरी र तुलसीपुर शाखाका प्रमुख कमलसिंह खड्काले मृतकका श्रीमान रामकान्त पाण्डेलाई चेक हस्तान्तरण गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*