बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

७ आश्विन २०७८, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा झिनो अंकको बृद्धि हुूँदा सर्वाधिक कारोबार गर्ने कम्पनीमा सानिमा बैंक रहेको छ । बैंकले लाभांश घोषणा गरेसँगै आज सर्वाधिक ३४ करोड १५ लाख ८३ हजार ९७२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको २७ करोड १० लाख, माछापुच्छ्रे बैंकको २३ करोड ८६ लाख, नेशनल हाइड्रोपावरको २१ करोड ९६ लाख र यूनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*