नेप्सेमा दिनभर उतार चढाव, ६६ अंकले बढेको नेप्से २ अंकले बढेर कारोबार बन्द

७ आश्विन २०७८, बिहीबार १५:०८

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज दिनभर उतार चढावका बीचमा कारोबार भयो । शेयर बजारमा उतार चढाव हुनु यसको नियम नै हो । कारोबार सुरु भएको ५ मिनेटै ६६ अंकले बढेको नेप्से त्यसपछि लगातार घट्ने र बढ्ने क्रम जारी रह्यो । साताको अन्तिम दिन बिहिवार पाँच पटक शेयर बजार ह्वात्तै घटेको थियो भने पाँच पटक ह्वात्तै बढेको थियो ।

दिनभरको उचार चढावपछि सामान्य अंकले बढेर बजार बन्द भएको छ । बिहिवार नेप्से परिसूचक २.६५ अंकले बृद्धि भर्य २८१९.६५ बिन्दु कायम भएको छ ।

आज कारोबार पनि निकै घटेको देखिएको छ । कूल सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको शेयर कारोबार भएको छ । विगतका दिनहरुमा २२ अर्ब रुपैयाँसम्म कारोबार भएको थियो । पछिल्लो समय शेयर बजार ह्वात्तै घटेपछि लगानीकर्ताले ठूलो दिन खोलेर शेयर किन्न डराइरहेका छन् । साथै ठूला लगानीकर्ताहरुले बजारमा अस्वाभाविक चलखेल गरेपछि ठूलो सख्याका लगानीकर्ताहरु सशंकित बन्न पुगेका छन् ।

बिहिवार कूल एक करोड ५७ लाख १४ हजार २६४ कित्ता शेयर किनबेच भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*