बिहिबार सुन तोलामा ५ सय रुपैयाँले घट्यो

७ आश्विन २०७८, बिहीबार ११:३६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ९ सय रुपैयाँले बढेको सुन आज भने ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजावी सुुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँमा कायम गरिएको छ ।

बुधबार भने छापावाला सुनको मूल्य ९० हजार १ सय रुपैयाँ र तेजावि सुुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, हिजो प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँँदी आज भने १० रुपैयाले घटेर १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*