कृषि विकास बैंकको संचालकमा रमेश कुमार केसी नियुक्त

७ आश्विन २०७८, बिहीबार ११:०८

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक हेरफेर भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक पदमा हेरफेर भएको जनाएको हो ।

नेपाल सरकार अर्थमन्त्रालयको पत्रानुसार नेपाल सरकार (मा.मन्त्रीस्तर) को भदौ ३१ गतेको निर्णयअनुसार सहसचिव रमेश कुमार के.सी.लाई मन्त्रालयको प्रतिनिधीको रुपमा बैंक संचालक सदस्यको रुपमा नियुक्त गरेको हो ।

साथै संचालक केसीले बुधबार पद तथा गोपनियताको शपथ पनि ग्रहण गरिसकेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*