बैंकहरुमा किन बढ्यो कर्जाको माग ? विकास बैंहरुमा चाप धेरै

७ आश्विन २०७८, बिहीबार १०:१७

काठमाडौं । एक साताको अवधिमा विकास बैंकमा निक्षेप संकलनको तुलनामा कर्जाको माग वृद्धि भएको छ । नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार एक सातासम्म राष्ट्रियस्तरका विकास बैंकमा निक्षेप संकलन २ अर्ब ४८ करोड रुपैयाँले बढ्दा कर्जाको माग ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँले बढेको छ ।

एकसातासम्म विकास बैंकमा निक्षेप संकलन ४ खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने कर्जाको माग ४ खर्ब २ अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुगेको छ । राष्ट्रिय स्तरका विकास बैंकमा मात्रै २ अर्ब ४८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन बढेको छ । कर्जाको माग भने निक्षेप संकलनको तुलनामा निकै बढी देखिएको छ । एक साताको अवधिमा ५ अर्ब ३९ करोड १४ लाख रुपैयाँ कर्जाको माग बढेको छ ।

एक साताको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकमा निक्षेप संकलन प्रतिशतका आधारमा हेर्दा ०.५९ र कर्जाको माग १.४६ प्रतिशतले बढेको छ ।भदौ १ गतेसम्म राष्ट्रिय स्तरका विकास बैंकमा ४ खर्ब १९ अर्ब ८४ करोड २५ लाख रुपैयाँ निक्षेप हुँदा कर्जाको माग ३ खर्ब ७४ अर्ब १९ करोड ६५ लाख रुपैयाँ पुगको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*