नेपाल लाइफको शाखा र उपशाखा प्रमुखहरुको सम्मेलन सम्पन्न

६ आश्विन २०७८, बुधबार १६:३३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको सम्मेलन जनकपुरधाममा सम्पन्न गरेको छ ।
कम्पनीका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

कम्पनीले देशमा प्रथम स्थान हासिल गरेकोले यसलाई जोगाई राख्न लाग्नु पर्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक सिंघलले बताए । कम्पनीलाई थप मजबुत बनाउन अझै सशक्त भएर लाग्न शाखा र उपशाखा प्रमुखहरूलाई उनले निर्देशन दिए ।

कार्यक्रममा कम्पनीका जनकपुर शाखाका प्रमुख संजय कामतको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक दिगविजय सिंघलको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुले अफ्नो/अफ्नो मन्तव्य राखेका थिए

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*