साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी ल्यायो धमाकेदार दशैँ अफर

६ आश्विन २०७८, बुधबार १६:११

काठमाडौं  ।नेपालीहरूको महान चाड बडा दशैंको अवसरमा राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर ल्याएको छ ।महोत्सवमा राइडरले होण्डा साइन बाइक र रेडमी ९ मोबाईल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा रु ५००० जित्ने मौका रहेको छ ।

असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरलाई रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पुरा गरेको हुनु पर्ने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होण्डा साइन बाइक प्राप्त गर्नेछन् ।नेपालमा सन् २०१९ देखी राइड शेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनिका सिइओ विशाल जीसीले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*