सुन भाउ ९ सय रुपैयाँले बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

६ आश्विन २०७८, बुधबार १२:०६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार सुनकोे मूल्य प्रतितोला ९० हजार १ सय रुपैया र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयामा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोेला ८९ हजार २ सय रुपैया र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयामा कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार तोलामा १ हजार १४० रुपैयामा कारोबार भएको चादी आज भने २५ रुपैयाले बढेर प्रतितोला १ हजार १६५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*