एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि–५० को लाभांश असोज ६ र ७ गतेदेखि हितग्राही खातामा

६ आश्विन २०७८, बुधबार ११:३५

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले लाभांश वितरण गर्ने भएको छ ।

यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएमबि हाइब्रिड फण्ड एल–१ ले शेयरधनीहरुलाई २० प्रतिशत कर सहित र एनएमबि–५० ले शेयरधनीहरुलाई कर सहित ३० प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रतिफल अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एनएमबि हाइब्रिडको असोज ६ गते बुधबारदेखि र एनएमबि फिफ्टीको असोज ७ गते बिहिबारदेखि लाभांश जम्मा गरिनेछ ।

साथै हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरुले एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*