वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढ्दै, एक सातामै २६ अर्बले बढ्यो निक्षेप

५ आश्विन २०७८, मंगलवार १८:२७

काठमाडौं । वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढाउँदै लान थालेको नेपाल बैंकर्स एशोशियसनले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष लागेदेखि बढ्न नसकेको निक्षेप संकलन भदौपछि विस्तारै बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

एशोशियसनको तथ्यांक अनुसार गत साता बैंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। भदौ पहिलो साता ७ अर्बले घटेको निक्षेप संकलन दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको थियो। तेस्रो साता ४ अर्ब बढेको थियो भने चौथो साता १६ अर्ब रुपैयाँले बढेको थियो। अन्तिम साता भने २६ अर्ब रुपैयाँले बढेको छ।

गत सातामात्रै बैंकहरुले २८ अर्ब कर्जा लगानी गरेका छन्। अघिल्लो साता कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो। भदौ ३१ गतेसम्ममा बैंकहरुले ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकर्स एशोसियसनको तथ्याङ्कले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*