नेप्से १३ अंकले बृद्धि हुँदा ७ अर्ब माथिको कारोबार, अरुण भ्यालीको सर्वाधिक

५ आश्विन २०७८, मंगलवार १५:१९

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज सुधार देखिएको छ । सोमबार भारी अंकको गिरावट आएको नेप्से परिसूचकमा आज १३ दशमलव ८३ अंकको बृद्धि भई २७१२.०७ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक ४ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक प्रतिशतका आधारमा अघिल्लो कारोबार दिनको तुलनामा होटल तथा पर्यटन समूहमा बृद्धि भएको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहमा बृद्धि भएको छ ।

आज नेप्सेमा सुधार आउँदा सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको आज २५ करोड ४४ लाख १५ हजार २३३ रुपैयाँको कारोबार भएको हो ।

साथै मनकामना स्मार्ट लघुवित्तको अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशत अंकले सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*