नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत,ओपनिङ्ग रेन्ज कति?
५ आश्विन २०७८, मंगलवार १३:३६
काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ ।
नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा प्रदान गरेको छ ।