रुरु जलविद्युतको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

५ आश्विन २०७८, मंगलवार १२:४२

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने भोली (असोज ६ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेसँगै असोज ६ गते बुधबार सम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र कम्पनीको सो प्रतिशत लाभांश पाउनेछन् ।

कम्पनीले दुईवटा आर्थिक वर्ष २०७६।०७७ र २०७७।०७८ को नाफाबाट लाभांश वितरण गर्न लागेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको १०.५२ प्रतिशत नगद लाभांश र गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।

सो लाभांश पारित गर्न कम्पनीले असोज १६ गते बिहान ११ बजे काठमाडौं महानगरपालिका १ हात्तिसारस्थित कार्यालयमा वार्षिक साधारण सभा डाकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*