सुनको मूल्य ३ सयले वृद्धि, प्रतितोला कति ?

५ आश्विन २०७८, मंगलवार १२:१४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । हिजो भने सुन तोलामा २ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।

यस्तै, हिजो प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*