ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा बिस्तार

४ आश्विन २०७८, सोमबार १८:१८

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको ढोलाहिटीमा बैंकको नया शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्रधक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन । त्यसैगरी शाखा बिस्तार गरेसंगै बैंकका ग्राहकहरुले सहज र सरल रुपमा बैंकिङ पहुच पराउने विश्वास स्थानियले गरेका छन् ।

बैंकले एक शाखा कार्यालय थपेसंगै देशभर १०५ शाखा कार्यालय र ९६ वटा एटिएमबाट निरन्तर सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*