पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना संक्रमण पुष्टि

४ आश्विन २०७८, सोमबार १८:१७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनामा पीसीआर परीक्षण र ३ हजार ३१ जनामा एन्टिजेन परीक्षण गरिएकोमा कुल १०९५ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जना संक्रमितकोे मूत्यु भएको छ भने २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*