मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट लाग्दा २४ कम्पनीको शेयरमा नकारात्मक सर्किट

४ आश्विन २०७८, सोमबार १५:२१

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर बिनबेच हुँदा करिब साढे ८ अर्बको कारोबार भएको छ ।

आज मनकामना स्मार्ट लघुवित्तको सर्किट लेभलमा कारोबार भएको छ । यस्तै डिप्रोक्स लघुवित्तको २.०४ प्रतिशत अकं, लक्ष्मी लघुवित्तको १.९९ प्रतिशत अकं, सनराइज बैंक डिबेञ्चरको ०.९५ प्रतिशत अकं र नबिल ब्यालेन्स्ड् फण्डको ०.६३ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै २० भन्दा बढी कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, घलेम्दी हाईड्रो र हिमालयन उर्जा विकास सहित २० भन्दा बढी कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*