दशै तिहारमा क्यासउत्सवबाट ५ लाखसम्म जित्ने योजना सार्वजनिक

३ आश्विन २०७८, आईतवार १९:४५

काठमाडौं । दशैं र तिहारलाई लक्षित गरी एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबार गर्दै आएको वेस्टर्स युनियनले नेपालमा क्यासउत्सब प्रबद्र्धन योजना ल्याएको छ ।
यो प्रबद्र्धनमा सहभागी हुनका लागि नेपालम रहेका वेस्टर्न युनियनका एजेन्ट एटिटि रेमिट, सीजी फिन्को, हुलाक रेमिट््यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनपर्नेछ । यसमा ग्राहकहरुले असोज १ गतेदेखि कात्र्तिक २५ गतेसम्म साप्ताहिक ड्र मार्फत नगद पुरस्कार जित्ने छन् । ग्राहकहरुले कारोबार स्वचलित रुपमा साप्ताहिक ड्र मा समावेश गरी हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्न सक्नेछन् ।

यस योजना अन्तर्गतत लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेताले मंसिर ६ गते ५ लाखसम्मको रकम पुरस्कार जित्न सक्नेछन् । उक्त उपहार सहित हरेक रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कटिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*